• द. नं:३५२/०५५/०५६
  • पान. नं : ३०३२११५०५
  • +०४८-५४०३८० , +०४८-५४०६८०

हायर पर्चेज ऋण

हायर पर्चेज ऋण

Interest Rate: 12.50%

Features

संस्थाको स्वामित्वमा आउन सक्ने खालको निजी प्रयोजन वा व्यवसायिक प्रयोजनका लागि सवारी साधन खरीद गर्नको लागि प्रदान गरिने ऋणलाई हायर पर्चेज ऋण भनिनेछ । १ ऋण प्राप्त गर्ने आधार क) यस प्रकारको ऋण प्राप्तीको लागी ऋणी सदस्य वा परिवारको भरपर्दो मासिक रुपमा आय हुनु पर्नेछ र निजी प्रयोजनको लागि भने स्थायी आयश्रोत खुलाउनु पर्नेछ । ख) खरीद गरिने सवारी साधन ऋण चुक्ता नगरुञ्जेलसम्मको लागि संस्थाको नाममा दर्ता कायम रहनेछ । ग) ऋणीले सवारी साधनको नियमानुसार वीमा गरेको हुनु पर्नेछ । घ) ऋणीले सवारी साधनको कर नियमानुसार तिरी रहनु पर्नेछ । ङ) सवारी साधन दुर्घटना वा चोरी भएको हकमा ऋणी स्वयम् वा ऋणीको परिवारले त्यसको क्षति व्यहोर्नु पर्नेछ । च) संस्थाको धन सृजना हुने बचतमा भाग लिने सदस्यहरुलाई यसप्रकारको ऋण्मा प्राथमिकता दिइनेछ । छ) सदस्यले कम्तीमा ३० प्रतिशत स्वयम् लगानी गर्नुपर्नेछ र अनिवार्य रुपमा अचल सम्पती धितो राख्नु पर्नेछ । २ यस प्रकारको ऋणको अवधि अधिकतम ५ वर्षको हुनेछ । ३ ब्याजदर यस शीर्षकमा ब्याजदर सञ्चालक समितिले समय समयमा तोके बमोजिम हुनेछ । ४ भुक्तानी तरिका ऋणको भुक्तानी अनिवार्य रुपमा मासिक किस्तावन्दीमा तिर्नु पर्नेछ ।